धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो ।पहिलोपटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रोपटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन ।
अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टिम पुग्दैछ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते छन् ।
ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते हुनेको संख्या १३ पुगेको छ । अनय ६ जनाको अवस्था मध्यम रहेको छ ।

