दार्चुलाः दार्चुलाका एक युवक चरेशसहित पक्राउ परेका छन्। दार्चुलाको महाकाली नगरपालिका–४ पुलघाटबाट अवैध लागूऔषध चरेश ८ ग्रामसहित नौगाड गाउँपालिका–४ घर भई हाल महाकाली नगरपालिका–४ मोहती बस्ने २० वर्षीय सुरज ठगुन्ना पक्राउ परेका हुन्।
ठगुन्नालाई आइतबार दिउँसो अस्थायी प्रहरी पोष्ट पुलघाट, दार्चुलाबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

