धनगढी । कैलालीको धनगढीमा खेलकुद तथा खेलकुद पत्रकारिता सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सहजीकरणमा आयोजित गोष्ठीमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका ३५ जना पत्रकार सहभागी थिए ।
कार्यशालामा खेलकुद पत्रकारिताको अभ्यास, खेल समाचार लेखन, खेलकुदको समग्र अवस्था, खेलकुद रिपोर्टिङका चुनौती तथा अवसरलगायत विषयमा छलफल गरिएको छ । कार्यशालामा पत्रकार पवन आचार्य, गोविन्द रेग्मी र अर्जुन शाहले सहजीकरण गरेका छन्। कार्यक्रमबाट खेलकुद पत्रकारिताको क्षमता अभिवृद्धि गर्दै प्रदेशमा खेलकुद पत्रकारितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

