धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बल्ल आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक गरेको छ । सोमबार मध्यराति प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको वार्षिक बजेट प्रस्तुत गरेका थिए । तर, उक्त बजेट वक्तव्य भने सार्वजनिक गरिएको थिएन ।
प्रदेश सरकारले मंगलबार राति मात्र बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक गरेको हो । यसअघि बजेट वक्तव्यको पूर्ण पाठ सार्वजनिक नगरिएपछि नेकपाले वक्तव्य माग गर्दै अर्थ मन्त्रालय र सभामुखलाई निवेदन दिएको थियो ।
दलका उपनेता प्रकाश रावलले प्रदेशसभामा प्रस्तुत गरिएको बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयकहरू अध्ययनका लागि उपलब्ध गराउन निवेदन दिएका थिए ।
हेर्नुहाेस् बजेट वक्तव्यको पूर्ण पाठ :
bajeta-vaktavya-2083-84-asara-1-9-baje-final-mgxq75e_copy-1781620920


