धनगढीः नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पार्टीका जिल्ला इन्चार्जहरू तोकेको छ। पार्टीले संगठन सुदृढीकरण, जनपरिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका लागि जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।
एमालेले कैलाली जिल्लाको इन्चार्जमा कमलाकुमारी ओली, कञ्चनपुरमा कृपाराम राना, दार्चुलामा गणेशसिंह ठगुन्ना, अछाममा झपटबहादुर बोहरा तथा डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिएको छ। यस्तै, बाजुराको इन्चार्जमा लालबहादुर थापा, बैतडीमा लिलाधर भट्ट, डोटीमा चक्रबहादुर मल्ल र बझाङमा अफिलाल ओखेडालाई जिल्ला इन्चार्ज तोकिएको छ।
पार्टीले जिल्लागत संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ। नव नियुक्त इन्चार्जहरूले सम्बन्धित जिल्लामा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा राजनीतिक गतिविधिको समन्वय गर्नेछन्।


