धनगढी: सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको सचिवालयमा कार्यरत कर्मचारीले राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको पाइएको छ । सचिवालयमा कार्यरत चन्द्र बि.कले रास्वपाको सदस्यता लिएको बिषमयमा आफैले स्पस्टिकरण दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले समानुपातिक संसद चयनका क्रममा आफन्तलाई एप मार्फत मतदान गर्दा सदस्यतामै नाम उल्लेख भएको बतामएका छन् ।
उनका अनुसार २०७९ सालको निर्वाचनमा आफ्नी श्रीमतीकी दिदी रूपा शंकर काभ्रेबाट रास्वपाको समानुपातिक उम्मेदवार हुँदा पारिवारिक समर्थनस्वरूप पार्टीको मोबाइल एपमार्फत मतदान गरेका थिए। उक्त प्रक्रियामा मोबाइल नम्बर र नागरिकता नम्बर प्रविष्ट गर्दा ती विवरण पार्टीको प्रणालीमा औपचारिक सदस्यताका रूपमा समेत दर्ता हुने रहेछ भन्ने आफूलाई पछि मात्र थाहा भएको उनले जनाएका छन्।
‘यो पूर्ण रूपमा प्राविधिक तथा प्रक्रियागत त्रुटि हो, कुनै राजनीतिक उद्देश्य वा स्वार्थसहित लिइएको सदस्यता होइन,’ उनले भने। मुख्यमन्त्रीको सचिवालयमा रास्वपा सदस्य रहेको व्यक्ति कार्यरत रहनु उचित हो कि नहो भन्ने प्रश्न उठेपछि उनले यो विषय करिब दुई महिनाअघि नै मुख्यमन्त्री शाहलाई जानकारी गराइसकेको बताए। उनले रास्वपाको कुनै पनि कार्यक्रम, बैठक वा गतिविधिमा आफ्नो सक्रिय संलग्नता देखाउन सकिने भए सार्वजनिक गर्न खुला चुनौती दिँदै आफ्नो आस्था र प्रतिबद्धता नेपाली कांग्रेसप्रति यथावत रहेको स्पष्ट पारेका छन्।


