धनगढी । कैलालीमा दुर्घटनाग्रस्त ट्याक्टरमा च्यापिएर बालिकाको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका– ६ सोल्टास्थित बागरादेखि सोल्टातर्फ जाँदै गरेको भे १ त ९०८१ नम्बरको ट्याक्टर सडकबाट खस्दा च्यापिएर बालिकाको मृत्यु भएको हो । धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जैसरा सिजापतिको मृत्यु भएको हो ।
यस्तै दुर्घटनमा नवराज बिककी ५ वर्षीया छोरी मनिषा घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्याक्टर धनी मोहन्याल गाउँपालिका– ६ बस्ने २२ वर्षीय जीवन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतका ट्याक्टर चालक सशिप ओली फरार छन् ।


