धनगढी । नवजीवन सहकारी संस्थाको सञ्चालक समिति चयनका लागि भएको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार गोपाल पाठकले २ हजार ३ सय ९१, केशवराज मिश्रले २ हजार ३ सय १५, र घनबहादुर शाहले १ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । सुरुवाती परिणाममा झिनो मतले मिश्र अगाडी रहेपनि पछिल्ला मत परिणाममा पाठक झिनो मतले अगाडि छन् । यसले गर्दा उक्त सहकारीको निर्वाचन परिणाम निकै प्रतिस्पर्धात्मक भएको छ ।
उपाध्यक्षमा उत्तम जोशीले २ हजार २ सय ८, इश्वर प्रशाद जोशीले २ हजार ३७ र उपेन्द्र बिष्टले १ हजार ६ सय ८ प्राप्त गरेका छन् ।
सहकारीका कुल ४० हजार ५९३ जना शेयर सदस्यहरु मध्ये शनिबार भएको मतदानमा १५ हजार ५० मत जनाले मत हालेका थिए । सदस्यहरुको १० हजार मत गणना हुँदा क्रमस केशवराज जोशी, कोपिला कुँवर, खेमराज पाण्डेय, लक्ष्मीराज पन्त, गणेश बम, जयराज जोशी, जगतराम चौधरीले अग्रता लिइरहेका छन् । लेखा सुपरिबेक्षण समिति सयोंजकमा गणेस प्रसाद जोशी, सदस्यहरुमा खेमराज पाठक र गणेस प्रसाद उपाध्यायको अग्रता कायमै छ ।


