धनगढीः नवजीवन सहकारी संस्था लिमिटेडको सञ्चालक समिति चयनका लागि आज मतदान भइरहेको छ। बिहानदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ। हालसम्म १० हजार भन्दा बढी मत खसिसकेको निर्वाचन समितिले जनाएको छ । करिब २० हजार मत खस्ने अनुमान गरिएको छ ।
निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष, सात जना सदस्य तथा लेखा सुपरिवेक्षण समितिका तीन जना पदाधिकारी चयन गरिनेछ। सहकारीको नेतृत्वका लागि तीन वटा प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन समितिका संयोजक राजेन्द्रवीर चन्दका अनुसार वर्तमान समितिका सदस्यसमेत रहेका केशवराज मिश्र, घनबहादुर शाह र गोपाल पाठक आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा छन्। एक उपाध्यक्ष पदका लागि तीन जना तथा सात सदस्यका लागि २८ जनाको उम्मेदवारी परेको छ।
सहकारीसँग हाल ४० हजार ५९३ सेयर सदस्य रहेका छन्।


