धनगढी । सशस्त्र प्रहरीको तालिममा सात जना जवान बेहोस भएका छन्। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा सात जना जवान बेहोस भएका हुन् ।
बेहोस भएकामध्ये छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ । अन्य एक जनाको टीकापुर अस्प्तालमा उपचार भइरहेको छ । सशस्त्र जवानको आधारभूत तालिमअन्तर्गत दुई सय मिटर दौडमा उनीहरु बेहोस भएका हुन् ।


