धनगढी । भारतीय अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘धुरन्धर २’ कानुनी विवादमा तानिएको छ। दिल्ली उच्च अदालतले बुधबार केन्द्र सरकार र सेन्सर बोर्ड सीबीएफसी लाई यस चलचित्रविरुद्ध दर्ता भएको रिटमाथि अनुसन्धान गर्न निर्देशन दिएको छ।
सशस्त्र सीमा बल ९एसएसबी० का एक जवानले चलचित्रमा सेनाको अपरेसनसँग जोडिएका गोप्य सूचनाहरू देखाइएको आरोप लगाउँदै जनहित याचिका दायर गरेका थिए। अदालतले चलचित्र काल्पनिक भए पनि सुरक्षासँग जोडिएका चिन्ताहरूलाई बेवास्ता गर्न नसकिने स्पष्ट पारेको छ।
मुख्य न्यायाधीश देवेन्द्र कुमार उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासले यस मामिलाको सुनुवाइ गरेको हो। अदालतले सूचना तथा प्रसारण मन्त्रालय र सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन ९सीबीएफसी० लाई उक्त याचिकामाथि विचार गरी निर्णय लिन भनेको छ। मनोरञ्जनका लागि बनाइएको काल्पनिक कथा भए पनि यसको प्रभावलाई नकार्न नसकिने भन्दै अदालतले यसलाई ‘अफिसियल सिक्रेट्स एक्ट’ को उल्लङ्घनको आरोप अन्तर्गत जाँच गर्न निर्देशन दिएको छ।


