धनगढी । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाली कम्युनिष्ट पार्टी नेकपा को संयोजक बिहीबार धनगढी आउँदै हुनुहुन्छ ।
नेकपा सुदूरपश्चिम प्रदेश समितिले भोलिदेखि आयोजना गर्न गइरहेको प्रदेशको परामर्श बैठक प्रदेश समितिको बैठक, प्रशिक्षण कार्यक्रमका लागि नेकपाका शीर्ष नेताहरु धनगढी आउन लाग्नुभएको हो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आजै धनगढी पुग्ने कार्यक्रम रहेको सो दलका नेताहरुले बताएका छन् । यसैगरी, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्रीहरु भीमबहादुर रावल, रन्जिता श्रेष्ठ लगायतका नेताहरु बिहीबार बिहान धनगढी आइपुग्ने जनाइएको छ ।
नेकपाको प्रदेश सह–इन्चार्ज खगराज भट्टले बैठकमा एक हजार जनासम्मको उपस्थिति रहने जानकारी दिनभयो । यसैबिच, नेकपाले पार्टी समायोजनको काम जेठ महिनाभित्रै पूरा हुने जनाएको छ । फागुन २१ गते चुनावपछि समयमा बैठक गर्न नसकेको जनाउँदै सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जैसीले जेठ महिनाभरी पार्टी समायोजनको काम गरिने बताए ।


