धनगढी । नवजीवन सहकार्य संस्था लिमिटेडको सञ्चालक समितिको निर्वाचनका लागि धनबहादुर शाहले प्यानल घोषणा गरेका छन्। नवजीवन सहकारी संस्था लिमिटेडको ३२ औँ साधारण सभाबाट निर्वाचित हुने सञ्चालक समितिका लागि शाहको अध्यक्ष पदमा उम्मेदवारी हुने गरी बुधबार धनगढीमा प्यानल घोषणा तथा प्रतिबद्धता सार्वजनिक गरिएको हो। उनको नेतृत्वको प्यानलमा उपाध्यक्षमा पदमा ईश्वर जोशी उम्मेदवार छन् ।
भने सदस्य पदहरूमा दीर्घबहादुर शाह धनञ्जय भट्ट पवित्राकुमारी धिक्त पाण्डे लक्ष्मीनारायण चौधरी, विक्रम विश्वकर्मा विश्वनाथ ओझा र शिवकुमार जोशी फुलारा उम्मेदवार रहेका छन् अध्यक्ष पदका उम्मेदवार शाहले पारदर्शिता सुशासन र सदस्यको आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएका छन्। उनले सहकारीको पुँजीलाई सुरक्षित राख्दै सदस्यहरूको आर्थिक स्तर उकास्ने स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र संस्थालाई प्रविधिमैत्री बनाउने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन्।
उनको प्रतिवद्धता पत्रमा संस्थाका सबै वित्तीय कारोबारलाई पारदर्शी बनाउने र सदस्यहरूको विश्वास मजबुत पार्ने लक्ष्य रहेको बताएका छन्। बचत तथा ऋण कारोबारमा मात्र सीमित नरहे सदस्यहरूको शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षामा समेत सहकारीको योगदान बढाउने शाहले बताएका छन्।


