धनगढी: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकारले गरिरहेको गतिविधि उपयुक्त नभएको बताएका छन्। ‘जरा अभियान’ को क्रममा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले सुकुम्बासी र भूमिहीनहरूलाई घरविहीन बनाएर सरकारले नागरिकमाथि दमन गरिरहेको बताए।
‘सरकार अहिले अनियन्त्रित भएर टहरा भत्काइरहेको छ,’ उनले भने, ‘मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको सरकारले मन्दिर र घण्टी भत्काइरहेको छ।’पहिले भूमिहीनहरूको उचित व्यवस्थापन आवश्यक रहेको उनले बताए। ‘सरकार अहिले अनियन्त्रित भएर टहरा भत्काइरहेको छ,’ उनले भने, ‘मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको सरकारले मन्दिर र घण्टी भत्काइरहेको छ।’पहिले भूमिहीनहरूको उचित व्यवस्थापन आवश्यक रहेको उनले बताए।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयले सरकारको नियतमाथि प्रश्न उठाएको पनि उनले बताए। सरकारका राम्रा काममा समर्थन रहने भए पनि संविधान र लोकतन्त्रविरुद्धका गतिविधिमा भने मौन नबस्ने उनको भनाइ थियो। ‘संविधानभित्र रहँदासम्म मात्रै नयाँ बनेको सरकारलाई हाम्रो साथ, सहयोग र समर्थन रहन्छ। तर सरकारका गतिविधि त्यो अनुसार देखिँदैनन्,’ उनले भने।
उनले लोकतन्त्रलाई नियन्त्रित बनाएर राज्यका सबै निकाय कब्जा गर्ने नीति सरकारको रहेको आरोप लगाए। ‘त्यसमा हाम्रो समर्थन रहँदैन,’ उनले भने। कांग्रेसले आफ्ना पुराना कमजोरी अन्त्य गरेर नयाँ ढंगले अघि बढ्ने पनि उनले बताए।‘हामीले आत्मालोचना गर्नुछ, गरिरहेका छौं। पुरानो ढंगले चलेर अगाडि बढ्न सकिँदैन भनेर नयाँ ढंगले जान विशेष महाधिवेशनमार्फत लागेका छौं, उनले भने।
कांग्रेस सभापतिमा गगन थापा भए पनि शेरबहादुर देउवा लाई उत्तिकै स्मरण गरिने उनले बताएका थिए। देश निर्वाचनतर्फ जाँदै गरेको भन्दै नेता–कार्यकर्तालाई त्यही अनुसार अघि बढ्न उनले निर्देशन दिएका थिए।


