धनगढी । नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी सुरु भएको छ । ९ जेठमा हुने चुनावका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । शुक्रबार अध्यक्षका उम्मेदवार गोपालराज पाठकको समूहले प्यानल घोषणा गरेको छ । घोषणाअनुसार पाठकको समूहमा उपाध्यक्षका उम्मेदवार उत्तम जोशी छन् ।
सदस्यहरुमा कोपिला कुँवर, गणेश बम, जगतराम चौधरी, जयराज जोशी, ठोमनाथ ढकाल(टिएन), भरतराज जोशी,लक्ष्मीराज पन्त उम्मेदवार रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी, सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्याय छन् । पाठकको समूहले प्यानल घोषणासँगै चुनावी प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।



