धनगढी । कैलालीको विभिन्न ठाउँमा वनमा लागेको डढेलो निभेको छ । प्रि–मनसुन सिजनमा विगत केही दिनयता वर्षा भएकाले वनमा लागेको डढेलो निभेको हो ।
चुरे क्षेत्रसहित तराईको मैदानी भूभागमा रहेको वनमा डढेलो लागेको थियो । लागेका डढेलोलाई आकाशे पानीले निभाएको जनाइएको छ । यसअघि पानी नपर्दै लागेको डढेलो भने वन क्षेत्रमा नोक्सान भएको छ ।
यद्यपि, यस वर्ष विगत वर्षको तुलनामा डढेलो वन क्षेत्रमा कम क्षति भएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत डा। रामविचारी ठाकुरले जानकारी दिनुभयो ।
“यस वर्ष डढेलोेले त्यति धेरै क्षति भएको छैन” उहाँले भन्नुभयो, “हामी सतर्क थियौं । पानीले पनि साथ दियौं ।” चुरे लगायतका अन्य क्षेत्रमा लागेको डढेलो पछिल्लो समय परेको पानीले निभेको ठाकुरको भनाइ छ । तराई क्षेत्रका वनमा डढेलो निभाउन केही सहज हुने गरे पनि चुरे क्षेत्रमा भने समस्या हुने गरेको छ ।


