धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ३ जना पक्राउ परेको छन्। कैलालीबाट २ जना र कञ्चनपुरबाट १ जना गरी ३ जनालाई प्रहरीले ३ ग्राम १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ६९० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २० वर्षीय लक्ष्मण शाही र सोही स्थानका २६ वर्षीय प्रकाश रिमाल रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषधसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।


