धनगढी: कैलालीको धनगढीका छ होटलबाट ३० जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १, ३, ७ र ८ मा रहेका होटलबाट १७ महिला र १३ जना पुरुषलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
डीएसपी तिमिल्सिनाले ब्ल्याक स्टोन कटेजबाट सात, सम्झना होटलबाट चार, एएम एन्ड ए होटलबाट पाँच, प्रिन्स होटलबाट पाँच र कर्णाली होटलबाट छ र एभरेस्ट होटलबाट तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
गलत कार्यमा संलग्न रहेको आशंकामा सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको हो,´ डीएसपी तिमिल्सिनाले भने ।


