धनगढीः धनगढीमा एक गोठमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–१९ टाउन प्लान बस्ने जय लक्ष्मी शर्माको गोठमा सोमवार बेलुका आगलागी भएको हो। आगलागी हुँदा गोठ पुर्ण रुपमा जलेर अन्दाजी २ दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बहुुलियाले जनाएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताएको छ।


