धनगढी: नेपाली बजारमा आइतबार सुनको मूल्यमा १ हजार २०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढ्दै ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।


