धनगढी। कर्णाली नदीमा डुंगा पल्टिँदा बुवाछोरा बेपत्ता भएका छन्। अछामको तुर्माखाँद गाउँपालिका- ३ बल्दे बस्ने ३५ वर्षीय पहलसिंह बुढाले चलाएको डुंगा पल्टिँदा उनी र उनका ११ वर्षीय छोरा नरी बुढा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनीहरु कर्णालीपारी सुर्खेतको पञ्चकुरी नगरपालिका – ७ स्थित वनबाट घाँस काटेर ल्याइरहेका थिए ।
स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बेपत्ताको खोजी गरिरहेका छन्।


