धनगढी: कैलाली क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका डा। आन्नद बहादुर चन्दलाई बैतडी समाज कैलालीले बधाई तथा कार्यकालको शुभकामना दिएको छ । आज एक कार्यक्रमको आयोजना गरी बैतडी समाजका पदाधिकारीहरुले संयुक्त रुपमा बधाई तथा शुभकामना दिएका छन् ।
बैतडी समाजका अध्यक्ष मायाप्रकाश भट्टले विजयी चन्दलाई बधाई दिदै, “सुदूरपश्चिमको भौतिकसँगै पर्यटकीय विकासमा बिशेष भुमिका खेल्न अनुरोध गरेका छन् । सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा धेरै सम्भावना भएको क्षेत्र हो । यसैले यस क्षेत्रको विकासका लागि आवश्यक नीति नियम बनाउन समेत विजयी चन्दलाई आग्रह गरे” । प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहले भने झै अब बन्ने सरकारले सुदूरपश्चिम दुर नदेखोस् समाजका अध्यक्ष भट्टले भने ।
विजयी चन्दले पनि सबैलाई आभार प्रकट गर्दै सके जति जनताको सेवामा खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । इमान्दर भएर काम गरी सकेको छु , अझै पनि इमान्दारिताले नै काम गर्ने छु , चन्दले भने । कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा विजयी भएका चन्दको पुख्र्यौली घर बैतडीको मेलौली नगरपालिका हो ।

