कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–३ चौराह क्षेत्रबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका किराना सामान प्रहरीले बरामद गरेको छ। शनिबार अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी मूल्य रु। २०,२५० बराबरका विभिन्न किराना सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अवैध रूपमा भित्र्याइएका ती सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


