धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा सञ्चालन हुँदै आएको चर्चित राइनो रेस्टुरेन्टले सेवा स्थान परिवर्तन गर्दै अब धनगढी उपमहानगरपालिका–१ स्थित हुलाकरोडबाट आफ्ना सेवाहरू विस्तार गरेको छ । लामो समयदेखि गुणस्तरीय र शुद्ध खानाका कारण ग्राहकको रोजाइमा पर्दै आएको राइनो रेस्टुरेन्ट अब ‘राइनो रोस्यो घर’ नामबाट हुलाक अगाडिबाट सेवा दिन थालेको हो ।
सञ्चालक कृष्ण जोशीका अनुसार राइनो रेस्टुरेन्टले करिब पाँच वर्ष डोटीको दिपायलमा सेवा प्रदान गरेको थियो । त्यसपछि चार वर्षअघि धनगढीको उत्तरबेहडीमा स्थानान्तरण भई सञ्चालन हुँदै आएको रेस्टुरेन्टले अब ग्राहकको पहुँच र सुविधालाई ध्यानमा राख्दै हुलाकरोडमा सेवा विस्तार गरेको हो । राइनो रेस्टुरेन्टले शुद्ध, स्वस्थ र परम्परागत स्वादयुक्त खानामा आफ्नै पहिचान बनाएको छ । यहाँ बिहान र बेलुकाको खाना, अर्गानिक कोदोको रोटी, मकैको रोटी, विभिन्न प्रकारका खाजा तथा परिकारहरू उपलब्ध गराइँदै आएको छ । स्थानीय तथा अर्गानिक सामग्री प्रयोग गरेर तयार गरिने खानाले राइनोलाई अन्य रेस्टुरेन्टभन्दा फरक पहिचान दिलाएको सञ्चालक जोशी बताउँछन् ।
उनका अनुसार विगतमा उत्कृष्ट खानाका कारण स्थापित पहिचानलाई अझ परिस्कृत गर्दै नयाँ स्थानबाट सेवा दिइरहेको राइनोले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको छ । “स्वच्छता, स्वाद र सेवा हाम्रो मुख्य आधार हो,” उनले भने, “नयाँ स्थानबाट अझ व्यवस्थित र गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौँ।” धनगढीका स्थानीय बासिन्दासँगै बाहिरी जिल्लाबाट आउने आगन्तुकहरूका लागि पनि राइनो रेस्टुरेन्ट खानाका लागि प्रमुख रोजाइ बन्दै आएको छ । नयाँ स्थान हुलाकरोडमा सञ्चालनमा आएपछि ग्राहकको आवागमन अझ सहज हुने विश्वास गरिएको छ ।
राइनो रेस्टुरेन्टले नयाँ स्थानबाट पनि पहिलेझैँ उत्कृष्ट स्वाद, शुद्धता र सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


