धनगढी: नेपाली कांग्रेसले सुदूरपश्चिमका ९ ओटै जिल्लामा चुनावी कमाण्डर तोकेको छ । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको हो । सोही अनुसार सुदूरपश्चिमका ९ ओटै जिल्लाका लागि चुनावी कमाण्डर तोकिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिनालाई चुनावी कमाण्डर तोकेको छ । यस्तै कैलाली र डडेल्धुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा। रणबहादुर रावल र नृपबहादुर वडलाई चुनावी कमाण्डर तोकेको छ ।
यस्तै प्रदेशका डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट,सम्झना खत्री र सुशीला मित्र भट्टलाई चुनावी कमाण्डर तोकेको कांग्रेसले जनाएको छ । नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ ।


