धनगढी । डडेल्धुरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । अमरगढी नगरपालिका–५ बागबजार क्षेत्रमा लागूऔषधसहित अन्दाजी २३ वर्षीय युवराज पनेरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ७० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

