धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुर स्थित सडक खण्डमा बर्दगोरिया गाउँपालिका५ स्याउलीनगर बस्ने २८ वर्षीय दिनेश शाही र १८ वर्षीय गोपाल सुनारलाई शंका लागि चेकजाँच गर्दा दिनेश शाहीले बोकेको झोला भित्र १ ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी दुबैजनालाई प्रहरीले पक्राउ गरेको छ।
यी दुबैजनालाई बुधवार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यसैगरी टीकापुर नगरपालिका–९ खक्रोला चेक पोष्टबाट लम्किचुहा नगरपालिका–४ भल्का बस्ने २२ वर्षीय रमेश नेपालीलाई १ ग्राम १० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

