धनगढी: सुदूरपश्चिममा रहेका नेपाली कांग्रेसका क्षेत्रीय र जिल्ला समितिले केन्द्रको परिपत्र अवज्ञा गर्दै उम्मेदवार सिफारिस गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा केन्द्रको परिपत्र अवज्ञा गरिएको हो ।कांग्रेसले १५ र १७ मंसिरमा परिपत्र गर्दै प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार सिफारिस गर्दा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको मापदण्ड तोकेको थियो ।
उक्त मापदण्डअनुसार प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका लागि कम्तीमा एक महिलासहित बढीमा तीन जनाको नाम निर्णय गरेर सिफारिस गर्न निर्देशन दिइएको थियो । तर, सुदूरपश्चिमका कतिपय जिल्ला समितिले झण्डै दर्जन जनाको नाम पनि उम्मेदवारका लागि सिफारिस गरेर पठाएको नेपाली कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरत रावतले बताए । ‘सकभर सहमति र नभए बहुमतमार्फत एउटा निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न केन्द्रबाट परिपत्र गरिएको थियो,’ प्रवक्ता रावतले भने, ‘तर, अधिकांशले परिपत्रअनुसार उम्मेदवार सिफारिस गरेका छैनन् ।’
प्रवक्ता रातवका अनुसार केन्द्रको परिपत्रअनुसार नै उम्मेदवार सिफारिस गर्न सुदूरपश्चिमका नौवटै जिल्ला समिति र १६ वटा क्षेत्रीय समितिलाई निर्देशन दिइएको छ । ‘केन्द्रीय कार्यालयबाट भएको परिपत्रअनुसार तोकिएको मापदण्ड र तोकिएको संख्याका आधारमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएका छौँ,’ उनले भने । प्रदेशका १६ वटा निर्वाचन क्षेत्रबाट १ सय जनाको नाम क्षेत्रीय र जिल्ला समितिले सिफारिस गरेका छन् । कैलालीबाट ३०, अछामबाट २४, डोटीबाट १७, बझाङबाट १०, कञ्चनपुरबाट ८, बाजुराबाट ६, बैतडीबाट ३ तथा दार्चुला र डडेल्धुराबाट १–१ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।
प्रदेशका कुन निर्वाचन क्षेत्रबाट कसलाई गरियो सिफारिस ?
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो, कैलाली । कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । पाँचवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरिसकेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा। रणबहादुर रावल र रामजनम चौधरीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ उमाकुमारी बादी, केशरीकुमारी रावल, धीरजराज रेग्मी, बिर्खबहादुर रावल, राजेशकुमार टमटा, सुशीला स्वाँरको नाम सिफारिस भएर आएको नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । यस्तै, राष्ट्रियसभाका लागि जगन्नाथ रिमाल, नृपबहादुर खड्का र फकिरसिंह कठायतको नाम सिफारिस गरिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । कृष्णराज पाण्डे, घनश्याम जोशी, विजयबहादुर स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौरको नाम सिफारिस भएर जिल्लामा आएको सचिव सुनारले बताए । समानुपातिकतर्फ शिव थापा, टीका चौधरी, सुमन सञ्ज्याल, रिता मुडभरी, गोविन्द विष्ट, बलबहादुर विष्ट, रवीन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी र नन्दराम बादीको नाम सिफारिस गरिएको छ । यस्तै, कैलाली– ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि खेमराज थारू, भीम बडुवाल, अविनाश चौधरी र मंकर शाहको नाम सिफारिस भएको छ । समानुपातिकमा रिता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री तथा राष्ट्रियसभाका लागि रामचरण चौधरी र कलावती शाहको नाम सिफारिस भएको छ ।
यस्तै, नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर र केन्द्रीय सदस्य नैनसिंह महरको नाम एउटै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ कैलालीले बलायर र महरसहित सात जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले बलायरको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ भने महरको नाम छैटौँ नम्बरमा छ । यस्तै, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डे, टेकराज जोशी र भुवन महराको नाम पनि क्षेत्रीय समितिले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका लागि जिल्ला समितिलाई सिफारिस गरेको छ ।
क्षेत्रीय समितिले समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि डा। लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको छ । आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको छ ।
यस्तै, समानुपातिकका लागि ११ र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । कांग्रेस कैलालीका सचिव सुनारले क्षेत्रीय समितिले गरेका उम्मेदवारकै नाम जस्ताको त्यस्तै, प्रदेश समितिलाई पठाउने तयारी रहेको बताए । क्षेत्रबाट नै केन्द्रको परिपत्रअनुसार उम्मेदवार सिफारिस भएर आउनुपर्ने उनले बताए ।
डडेल्धुराले भने केन्द्रको परिपत्रअनुसार नै उम्मेदवार सिफारिसको निर्णय गरेको छ । पार्टी सभापति भीमबहादुर साउँदका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचका लागि केन्द्रीय सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिस गरिएको छ । समानुपातिकमा भने परिपत्रमा तोकिएको संख्याभन्दा बढीलाई सिफारिस गरिएको छ । नरभान कामी, मानकुमारी थापा, तारक बुढाऐर, बसन्ती भण्डारी र ईश्वरी चन्दको नाम सिफारिस गरिएको हो । राष्ट्रियसभा सदस्यका लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस गरिएको छ । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रले पनि उम्मेदवार सिफारिसका लागि नाम टुंगो लगाएका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय र भरत विष्टको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ सगुना राना र खिना भण्डारी तथा राष्ट्रियसभातर्फ युवा हरेन्द्र विष्ट र प्रकाश पन्तलाई सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गर्दा भने परिपत्र कार्यान्वयन गरिएको छैन । प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वमन्त्री एनपी साउद, हरि बोहोरा र दलबहादुर बोहोराको नाम सिफारिस गरिएको छ । समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिस भएका छन् । राष्ट्रियसभामा पुष्करराज ओझा, देवराज पाठक र इश्वरी खाती सिफारिस भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वगृहमन्त्री रमेश लेखकसहित तीन जनाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा प्रत्यक्षमा लेखकसहित प्रेमबहादुर विष्ट र शंकरबहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर सिफारिस गरिएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि १३ जनाको नाम सिफारिस गरिएको छ ।
एउटै निर्वाचन क्षेत्र रहेको बाजुरामा १३ जना उम्मेदवारको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा प्रत्यक्षका लागि छ, समानुपातिकमा पाँच र राष्ट्रियसभाका लागि दुई जनाको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभातर्फ रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजंग बम, गुरुदेव केसी सुमन र योगेन्द्र रावल छन् । समानुपातिकमा निर्मलाकुमारी रावल कार्की, विद्यादेवी तिमिल्सेना, महाँ नेपाली, राधिका सिंह र सुनिता गुरुङ तथा देवराज जोशी र खम्बहादुर खातीको नाम राष्ट्रियसभाका लागि सिफारिस गरिएको छ । पूर्वमन्त्री बद्री पाण्डेको नाम भने बाजुराबाट सिफारिस भएको छैन । ‘उहाँले अब आफू पार्टीमा काम गर्ने र उम्मेदवार नबन्ने भनेपछि उहाँको नाम सिफारिस नगरिएको हो,’ जिल्ला सभापति रामसिंह रावलले भने ।
दार्चुलाबाट पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूको नाम सर्वसम्मत सिफारिस भएको छ । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ करविरसिंह कार्की, आनन्दी पन्त भट्ट तथा राष्ट्रियसभाका लागि महादेव बडू, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त, द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की, देउमा लोथ्यालको नाम सिफारिस गरिएको छ । कांग्रेस बझाङले १० जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि सिफारिस सूचिमा अभिषेकबहादुर सिंह, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, डा। सुरेश मल्ल, जगतप्रसाद जोशी, प्रकाश स्नेही ९रसाइली०, डा। खगेन्द्रराज जोशी, केशवराज जोशी, दीपेन्द्र जोशी र नारायणप्रसाद हमाल रहेका छन् ।
समानुपातिकतर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली र शान्ति पुजारा गरी पाँच जनाको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि अर्जुनजंगबहादुर सिंह र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको बझाङ कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस बैतडीले निर्वाचनका लागि प्रदेशमा नाम सिफारिस गरेको छ । पुरुषतर्फ जिल्ला सभापतिसमेत रहेका चतुरबहादुर चन्द र पूर्वमहासमिति सदस्य विष्णुदत्त जोशी तथा महिलातर्फ महासमिति सदस्य जानकी भट्टको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभा निर्वाचनका लागि मात्रै १७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ गोरखबहादुर विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा, हर्कबहादुर देउवा सिफारिस भएका हुन् ।
प्रदेश सभापतिसमेत रहेका बलायरको नाम कैलाली– ४ बाट पनि सिफारिस भएको छ । यस्तै, डोटी कांग्रेसले समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह शाही, प्रसिस महरा, हिक्मतसिंह चोपरा, मायादेवी कुँवर, लालबहादुर विकको नाम सिफारिस भएको छ भने राष्ट्रियसभाका लागि दीपककुमार विष्ट र यज्ञराज पाठकको नाम सिफारिस भएको हो । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ ले प्रतिनिधिसभा प्रत्येक्षतर्फ ९, समानुपातिकतर्फ १० र राष्ट्रियसभाका लागि दुई जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति कृष्ण बुढाका अनुसार प्रत्यक्षतर्फ भरतकुमार स्वाँर, राजन कुँवर, भक्तबहादुर ठकुल्ला, राजेन्द्रबहादुर शाह, भगवती खनाल, टीकाराम खनाल, डम्बरबहादुर सुनार, गोविन्दबहादुर शाह र दुर्गाप्रसाद तिमिल्सिनाको नाम सिफारिस गरिएको छ । समानुपातिक लागि अर्जुन ताम्राकार, टक्कर ताम्राकार, अनुराधाकुमारी स्वाँर, रुपा आउजी, नवराज साउँद, भुवनेश्वरी शर्मा, लक्ष्मीकुमारी शाही, टक्करबहादुर कडायत, धर्मराज न्यौपाने र प्रतिभा ताम्राकारको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि हर्कबहादुर स्वाँर र नयनसिंह कडायतको नाम सिफारिस गरिएको बुढाले बताए ।
नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा निर्वाचनका लागि १५ जनाको नाम सिफारिस गरेको छ । सुशील भण्डारी, पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट, पदमराज अधिकारी, मानबहादुर शाही, रामबहादुर विष्ट, अक्कल विष्ट, देवराज देवकोटा, बेदप्रकाश तिमिल्सैना, रामबहादुर शाही, जनक धामी, बलराम विष्ट र पुष्पराज शर्मालाई सिफारिस गरेको छ । महिला प्रत्यक्षतर्फ अम्बिका चलाउने र भूमिशरण बजगाईंलाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ ओमप्रकाश विष्ट, अम्बिका थापा, कमल बिक, टेकबहादुर बिक, पूर्णा शाह, गौरी भण्डारी, अमृता बुढा, कृष्णा शाही, रमेश रावत, लक्ष्मी बोगटी, दुर्गा थापा, दुरपता शाही, सुरेन्द्र विष्ट, लक्ष्मी साउद, गगन सार्की, रामबहादुर चलाउने र जनकबहादुर रावल सिफारिस भएका छन् । राष्ट्रियसभा सदस्यका लागि सुरतबहादुर विष्ट, टोपबहादुर रावल, बीपी रेग्मीलाई सिफारिस गरिएको छ ।


