धनगढी: फैसला कार्यान्वयनका क्रममा लागूऔषध मुद्दामा अदालतबाट तोकिएको सजाय भोगाउनुपर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीको फैसलाअनुसार ४ महिना १५ दिन कैद सजाय तोकिएका कैलारी गाउँपालिका–८ का विजय कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले मंसिर १० गते उनको घरमैबाट पक्राउ गरेको हो।
यसैगरी, डडेल्धुरामा पनि अदालतको फैसलाअनुसार फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार जातीय विभेद तथा भेदभाव मुद्दामा २ महिना १४ दिन कैद र ३० हजार जरिवाना तोकिएका भागेश्वर गाउँपालिका–४ का ४२ वर्षीय लाल सिंह भाटलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंसिर १० गते घरमैबाट पक्राउ गरेको जनाएको छ।
दुवै घटनामा आवश्यक कानून प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

