धनगढीः नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीलाई अध्यक्ष बनाएर फेरि देशको प्रधानमन्त्री बनाउने बताएका छन्। ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने छुट अरुलाई भए पनि प्रतिनिधिले विवेक प्रयोग गर्ने उनको भनाइ छ। धनगढीमा आयोजित युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष ओली बिनाको एमाले र एमाले बिनाको नेपाल कल्पना गर्न नसकिने बताए।
एमालेले बनाएकोे युथ फोर्सले प्रहरीको मनोबल उकास्ने र राष्ट्रियताको पहरेदारी गरिरहेको उनले बताए। नेता बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका छन्। बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन समेत गरेका थिए।

