धनगढी । नेकपा एमालेका नेता महेश बस्नेत आउने भएपछि कैलालीको धनगढीमा जेन–जी युवाहरूले प्रदर्शनमा उत्रिएका छन् । १०/१५ जना जेनजीहरु सडकमा उत्रिएका छन् ।
बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै छन् । बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

