धनगढीः आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू भएको छ। यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि १० डिसेम्बरसम्म विविध कार्यक्रम गर्दै मनाइन्छ। यो वर्ष प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँु भन्ने नाराका साथ १६ दिने अभियान सुरू भएको हो। ३४ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्गलवार बिहान धनगढीमा प्रभातफेरी निकालिएको छ।
धनगढी उपमहानरपालिकाको अगुवाइमा धनगढी चौराहादेखि जेन्जी मार्गसम्म प्रभातफेरि निकालिएको हो। प्रभातफेरीमा धनगढी उपमहानरपालिकाका प्रमुख गोपाल हमाल, उप(प्रमुख कन्दकलाकुमारी राना, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, कैलालीका प्रहरी प्रमुख नरेन्द्र चन्दलगायतको सहभागिता रहेको थियो। प्रभातफेरीमा धनगढी उपमहानरपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा विभिन्न संघ संस्थामा कार्यरत महिलाहरूको उपस्थिति रहेको थियो।
प्रभातफेरीपछि नगर उप(प्रमुख रानाको अध्यक्षतामा जेन्जी मार्गमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा सिविन नेपालका हिरिलाल चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र उपप्रमुख रानाले शुभकाना मन्तव्य राखेका थिए।


