धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको उच्च हिमाली क्षेत्रलाई भेडा हबका रूपमा विकास गरिने बताएका छन्। आइतबार त्यहाँको भ्रमणका क्रममा उनले हिमाली क्षेत्रमा भेडा पालनको अत्यधिक सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रलाई भेडा हबका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।
यसका लागि आवश्यक प्राविधिक तथा संरचनागत तयारी अगाडि बढाइने उनले बताए। मुख्यमन्त्री शाहका अनुसार प्रदेश सरकारले हिमाली क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेको छ।
उनले हिमाली क्षेत्रमै पाइने औषधिय जडिबुटीको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पु–याउन प्रदेश सरकार निरन्तर रूपमा प्रयासरत रहेको पनि बताए।

