धनगढी । दशैंको अवसर पारेर सुदूरपश्चिम समाज, क्यानाडाले आयोजना गरेको प्रतिष्पर्धात्मक ुदशैं स्नूकर टुर्नामेन्ट २०२५ सम्पन्न भएको छ।
प्रतियोगितामा अभिक केसी च्याम्पियन घोषित भए भने बसन्त लामा पहिलो रनर–अप र लखा शेर्पा दोस्रो रनर–अप भएको आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले ५५१ डलर, पहिलो रनर–अपले २५१ डलर र दोस्रो रनर–अपले १५१ डलर नगद पुरस्कार प्रदान गरिएको थियो। खेलमा सहभागिताका लागि ५० डलर प्रवेश शुल्क तोकिएको थियो।
प्रतियोगिता सेप्टेम्बर २७ मा द कर्नर बैंक स्पोर्ट्स बार एण्ड ग्रिल, टोरन्टोमा आयोजना गरिएको थियो। विजेताहरूले दशैंको शुभकामना आदानप्रदान गर्दै समुदायबीच एकता र सद्भाव बढाउन आग्रह गरे। उनीहरूले परदेशमा पनि नेपालकै जस्तो आत्मीयता र सहकार्यको वातावरण अनुभव गर्न पाएको भन्दै खुसी व्यक्त गरे।
आयोजककाअनुसार, खेलकुदमार्फत नेपाली युवाबीच एकता, मैत्री र सहकार्य प्रवर्द्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो। ूब्रिङ्गिङ्ग नेपाली कम्युनिटिज् क्लोजर, फ्रेम बाइ फ्रेमू भन्ने नारासहित आयोजना गरिएको यस टुर्नामेन्टमा खेलसँगै मनोरञ्जन, पुरस्कार र समुदाय सुदृढीकरणको सन्देश पनि समेटिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी र स्वयंसेवकप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

