धनगढी: वडादसैंको सातौ दिन सोमबार धनगढीमा फूलपाति भित्र्याईएको छ । हिन्दु परम्परा अनुसार घर–घरमा फूलपाती भित्र्याइएको हो । हरेक बर्ष फूलपाति भित्र्याउने परम्परा रहेको छ । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र धनगढी नगर प्रहरीले हर्षबढाइँका साथ धनगढीको नैनादेबी मन्दिरमा फूलपाती भित्र्याएका छन् ।
सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइने गरेको छ ।

