बैतडी — गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६० जना कैदी कारागार फर्किसकेका छन् । २४ गते राति साढे ९ बजेतिर कारागार तोडफोड गरेर भागेका ६२ जना कैदीमध्ये आज ९सोमबार० दुई जना बाहेकका ६० जना कैदी फर्किसकेको बैतडी कारागार प्रमुख, धारा भण्डारीले बताए ।
फर्किन बाँकी रहेका दुई जना कैदीबन्दीको खोजी कार्य भइरहेको उनले बताए । फर्किन बाँकी कैदीमा एक जना सवारी अंगभंग र एक जना जबरजस्ती करणी मुद्दाका रहेका छन् । बैतडी कारागारको सम्पर्कमा बाहिर जिल्लाका कारागारबाट भागेर आएका चार जना कैदी सम्पर्कमा आएका थिए । चार जनामध्ये दुई जना दार्चुला, एक कञ्चनपुर र एक जना मकवानपुर जिल्ला कारागारबाट भागेर आएका थिए । जसमध्ये दार्चुला र कञ्चनपुरका कैदीलाई उतै पठाइसकेको र मकवनपुरका कैदीलाई बैतडी कारागारमै राखिएको प्रमुख भण्डारीले बताए ।


