धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले बरामद गरेका तास समेत आन्दोलनकारीले छरपस्ट पारेका छन् । गत २४ गते आन्दोलनका क्रममा उनिहरुलेृ जिल्ला प्रशासन कार्यालय कैलालीको मुद्धा साखामा रहेका तास समेत बाहिर ल्याएर छरपस्ट परेका छन्।
जिल्ला प्रशासन कार्यालय, कैलालीको मुदुदा शाखाले प्रहरीले दसीका रूपमा पेस गरेका तासहरू तोडफोड र आगजनी पछि छरपस्ट भएका बताएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले प्रहरीले प्रमाणका रूपमा जुवा खालबाट रुपैयाँ, तास, मोबाइल लगायतका बस्तुहरू बरामद गर्ने गरेको बताएको छ। प्रहरीले जिल्ला प्रशासनमा पेस गरेका प्रमाणका रूपमा रहेका केही तास जलेका, केही तास बाहिर देखिएका हुन्।

