कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बल्मा नदीमा एक युवक हाम फालेर बेपत्ता भएका छन् । मंगलबार साँझ करिब साढे ४ बजे सोही नगरपालिका–८ बस्ने २० वर्षीय बलभद्र रानाले नदीको साईपनमा हाम फालेको वडाध्यक्ष रतनसिंह बिष्टले जानकारी दिएका छन्।
घटनाबारे सूचना पाउनासाथ इलाका प्रहरी पोस्ट दैजिबाट प्रहरी नायब निरीक्षक जगदिश भट्टको कमाण्डमा ३ जनाको टोली, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराको कमाण्डमा १२ जनाको टोली र सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक ललितसिंह बिष्टको कमाण्डमा ६ जनाको टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ।
बेपत्ता युवकको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ।


