धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा २०८२ साल ज्येष्ठ ४ गते ऐन पारित भएर २०८२ असार ४ गते प्रमाणीकरण भएको २ महिना बितिसक्दा पनि कार्यान्वयनमा ढिलाइ गरिएको भन्दै तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।
सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय ९आगो०, सह–संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर रहेको ज्ञापन पत्रमा विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेकोमा विश्वविद्यालयका सह–कुलपति समेत रहेका स्वास्थ्य मन्त्रीज्यू समेत ध्यानाकर्षण गराइएको छ ।
‘सुदूरपश्चिमका जनताको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्न आवश्यक शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भइसकेको वर्तमान सन्दर्भमा यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणहरूको आवश्यकतालाई यथाशीघ्र व्यवस्थापन गर्न आवश्यक रहेको छ’ ज्ञापन पत्रमा भनिएको छ ‘स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानव स्रोत विकास गरी सहज, सुलभ र विशेषज्ञ सहितको शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन अध्ययन, अनुसन्धान र नव–प्रवर्तनका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउन स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए बमोजिमका पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया र यही आव भित्रै चिकित्सा शिक्षा ९एमबिबिएस० का लागि सिट सङ्ख्या निर्धारणको प्रक्रिया र प्रयोगात्मक अभ्यासका लागि ६०० शय्याको अस्पताल निर्माणका लागि बनेको उक्त संरचनामा कम्तीमा यसै आवमा ३०० शय्याको अस्पतालको सङ्गठनात्मक व्यवस्थापन तथा सर्वेक्षण ९इल्ः० अगाडि बढाइदिन विश्वविद्यालय सभाका अध्यक्ष समेत रहनु भएका नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सह–कुलपतिज्यू समक्ष सादर अनुरोध गर्दछौ ।’


