धनगढी: थारू बस्तिमा अट्वारीको रौनक छाएको छ । हरेक वर्ष थारू समुदायका महिलाहरुले मनाउने अस्टिम्की पर्व (जन्माअष्टिमी) पछिको दोस्रो आइतबारका दिन थारू समुदायले अट्वारी मनाउदै आएका छन् । अट्वारी पर्व थारू समुदायका पुरुषहरुले विशेष रुपमा मनाइने पर्व हो । वर्षको एक पटक मात्र मनाइने पर्व भएकाले थारू समुदायले अट्वारी उल्लासमय बातावरणमा मनाउदै आएका छन् । अट्वारीमा अहिले थारू बस्तिहरुमा चहलपहल बढेको छ । कामको शिलशिलामा होस या उच्च शिक्षाका लागि गाउँ र जिल्लाभन्दा बाहिर गएका थारू पुरुषहरु अट्वारी मनाउनका लागि गाउँ फर्कि सकेका छन् । त्यसैले अरु दिनभन्दा अट्वारीमा थारू बस्तिमा थारू पुरुषहरुको उपस्थिति बाक्लो हुन्छ ।
अट्वारीको दिन दिनभरी व्रत बसेर बेलुका भ्याँवा (भीम) को नाममा पूजापाठ गरेर अट्वारी मनाउने गरेको दंगीशरण ३ हेकुलीका भीमबहादुर चौधरीले बताए । ‘‘अट्वारीको पहिलो दिन माछा, गंगता, घोङघी लगायत मिठो मिठो परिकार पकाएर शनिबारको राति भिन्सर्या (दर) खान्छौँ,’’ उनले भने, ‘‘भाले नबज्दै भिन्सर्या खाइसक्नुपर्छ, यदि भाले बज्यो भने भिन्सर्या जुठो हुन्छ, त्यसैले भाले नबज्दै हामी भिन्सर्या खाइसक्छौं ।’’ भिन्सर्या खाएपछि अट्वारीको दिन दिनभरी व्रत बस्ने चलन रहेको उनले बताए । ‘‘बेलुकी नुहाइधुवाई गरेर गन्यारी काठबाट आगो निकालेर गहु, चामल, अनदी चामल लगायतका पिठोबाट पाँचदेखि सात थरिको रोटी पकाउँछौँ,’’ चौधरीले भने, ‘‘रोटी पकाइसकेपछि व्रत बसेका सबैजना ब्रही कोन्टी (बैठक कोठा) मा बसेर भ्याँवक ९पाँच पाण्डव मध्ये भीम० को नामा पूजा पाठ गरेर आफ्नो भागमा रहेको केही रोटी फलफूल, दहि दिदीबहिनीहरुको नाममा निकालेर खाने गर्छौ ।’’ उहाँको अनुसार अट्वारीको दिन त्यहि रोटी र फलफुल बाहेक माछामासु खान मिल्दैन ।
‘‘अट्वारीको दोस्रो दिन अर्थात् फह्रारको दिन पनि यसैगरी बिहानै नुहाइधुवाइ गरेर भात तरकारी पकाउँछौ,’’ उनले भने, ‘‘फह्रारको दिन पनि पाँचदेखि सात थरिको तरकारी हुन्छ, मास र पवै साग अनिवार्य हुनुपर्छ, यसरी सबै परिकार पकाएसकेपछि बह्री कोन्टीमा भ्याँवालाई पूजापाठ गरेर आफ्नो भागमा रहेको भात, तरकारी दिदीबहिनीहरुको नाममा निकालेर खान्छौँ । यसरी दिदीबहिनीको नाममा निकालेको खानेकुरालाई थारु भाषामा अग्रासन ९कोसेली० भन्ने गरिन्छ ।’’ त्यहि अग्रासन अट्वारीको दोस्रो दिन विवाहित चेलिबेटिलाई दिन जाने चलन रहेको उनले बताए । अट्वारीमा भ्याँवालाई पूजापाठ गरेपछि पाँच पाण्डव मध्ये भीम जस्तै बलियो भइन्छ, भन्ने थारु समुदायमा जनविश्वास भएकोले अहिले पनि अट्वारीमा भ्याँवाको नाममा अग्निमा अट्वारीमा खाने परिकारहरु चढाएर चल र मोहीले पूजापाठ गर्ने परम्परा रहेको उनले बताए ।


