बैतडी– बैतडीका बल्ड क्यान्सर पीडित विष्टले सहयोगका लागि अपिल गरेका छन् । जिल्लाको सुर्नया गाउँपालिका २ ग्वानी घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ बस्ने १८ वर्षिय बल्ड क्यान्सर पीडित महेन्द्र बहादुर विष्टले उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गरेका हुन् ।
उनको अहिले काठमाडौं स्थित वीर अस्पतालमा उपचार भैरहेको समाजसेवी युवा बिनोद बहादुर विष्टले बताए । विष्टको परिवारको आर्थिक अवस्था निकै कम्जोर भएकाले उपचारमा समस्या भएको भन्दै उनले सबैलाई सहयोग गरिदिन अनुरोध गरेका छन् । भारतको हैदराबादमा रहेका समाजसेवी विष्टले समाजिक सञ्जाल फेसबुक मार्फत विष्टको जीवन रक्षाका लागि आर्थिक संकलन अभियान चलाएका छन् ।
विष्टलाई सहयो गर्नका लागि तल दिएको त्तच् स्क्यान गरेर गर्न सकिने छ ।



