धनगढी: कैलाली कारागारका जेलर फेरिएका छन् । कारागार व्यवस्था विभागले नेपालगञ्ज कारागारका जेलर रहेका प्रकाश ढुंगानालाई कैलाली कारागार पठाएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकार शिवराज जोशीका अनुसार सरुवा भएर आएका ढुंगाना शनिबार नै हाजिर भइसकेका छन् । ञ२३ गते राति कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि यसअघि काजमा पठाइएका जालन्धर भुसाल गइसकेक छन्, उनले भने, ञभुसलको ठाउँमा ढुंगाना हाजिर भएका छन् ।झ
घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका थिए । तत्कालीन सिडियो गोगनबहादुर हमाल गृह तानिएपछि उनको स्थानमा दाङबाट कृष्णप्रसाद लम्साल आइसकेका छन् । २३ गते राति भएको घटनामा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइते कैदीबन्दीले उपचारपछि पनि कैलाली कारागार जान मानेका छैनन् । उनीहरूको इच्छाअनुसार अन्य जिल्लाको कारागारमा सरुवा भइरहेको जिल्ला प्रशासनका सूचना अधिकारी जोशीले बताए ।


