धनगढी : बैतडी समाज कैलालीले आयोजना गरेको १६ औँ बृहत रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत सङ्कलन भएको छ। धनगढीको पदमा नर्सिङ कलेजको प्राङ्गणमा उद्योग वाणिज्य संघ कैलाली लगायतका संघ संस्थाको सहयोगमा गरेको रगत दान कार्यक्रममा ८१ जनाले रगत दान गरेको बैतडी समाजका सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक वीर बहादुर महराले बताए।
समाजको रक्तदान कार्यक्रममा निवर्तमान कानुनमन्त्री शिवराज भट्ट, सुदूरपश्चिम सरकारका सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द सहित सहयोगी संघ संस्था, समाजका निवर्तमान, वर्तमान पदाधिकारीको, सञ्चारकर्मी , विद्यार्थी सहित बहुसंख्यक उपस्थिति रहेको बैतडी समाजका अध्यक्ष माया प्रकास भट्टले जानकारी दिए।
अध्यक्ष भट्टले भने ‘ समाजिक सेवाको कार्य अन्तर्गत रहेको बैतडी समाजले गर्ने रक्तदान एक कार्यक्रम महत्वपूर्ण कार्यक्रम हो । १६ औँ पटक सम्म सबैको साथ सहयोगले पुगेको रक्तदान कार्यक्रम निरन्तर चलिरहने समेत बताए। रगत अभावको समस्यालाई केही हदसम्म भएपनि सहयोग गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष भट्टले जानकारी दिए।

