धनगढी । थारु समुदायको चाडको शुरुवातकोरुपमा लिइने गुरहीपर्व देशभर मनाईएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँने प्रचलन छ । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । गुरही पर्व अवसरमा थारु बहुल क्षेत्रका स्थानीय तहहरुले सार्वजनिक विदा नै दिएपछि उमंग थपिएको हो । यसैबीच कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौक पनि सफा गरी ‘गुरही’ को मुर्ति अनावरण गरिएको छ ।

गुरही पर्वको थारु समुदायमा आफ्नै धार्मिक महत्व छ । थारु समुदायामा गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने मान्यता रहेको थारु अगुवा माधव चौधरीको वुझाई छ ।
साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् । चौराहमा गाउँघरका दाजुभाइ, दिदीवहिनी, भद्र भलादमीको उपस्थिति रहन्छ । गाउँका बडघर एकै साँसमा (एकसंस्सु) डुबो घाँसमा गाँठो पार्छन । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरु त्यसलाई आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् ।


गुरही पर्वमा थारु समुदायले चौकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लाग्नछन् गुरही ठटाउने सदस्यहरु । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरमाराख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास थारु दिदी बहिनी हरुमा छ बर्षमा एक पटक आउँने पर्व लाई मनायँन पाउँदा थारु देलीहरु खुशि पनि छन् ।
नेपाली समाजमा थरिथरिका तिहार र संस्कृति विद्यमान छन् । संस्कृतिका धनी नेपालीहरु यिनै संस्कृतिकै माध्यमबाट आफ्ना दुःख पीडा र खुशीयालीमा थोरै भएपनि मनोरञ्जन लिने गर्छन् । गरिबी, अशिक्षा र भोकमरीले गाँजेको हाम्रो समाजले दुःखमा मन बहलाउने काम संस्कृतिबाटै गर्छ । तर तिनै लोक संस्कृति लाई पछिल्लो समय पश्चिमा संसकृतिले ओझेलमा पादै जादाँ संसकृतिको संरक्षण र सम्बद्र्धनमा चुनौति पनि थपिएको छ ।


