धनगढी: प्रदेशसभाम सदस्य खेमा बिष्टले सुदुरपश्चिम प्रदेशको राजधानी सार्ने बिषयमा गम्भिर ध्यानाकर्षण भएको बताएकि छिन् । आज बसेको सुदुरपश्चिम प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै राप्रपाबाट समानुपातिक प्रदेशसभा सदस्य रहेकी बिष्टले प्रदेशसभाको दुई तिहाई बहुमतबाट पास भएको राजधानीलाई सार्ने बिषय गोदावरीका जनतालाई मान्य नहुने बताएकि हुन् ।
सैद्धान्तिक हिसाबले रा.प्र.पा प्रदेश संरचनाको बिपक्षमा वकालत गर्छ बिष्टले भनिन् “जनतालाई श्रृणको भारी बोकाएर, युवाहरुलाई बिदेश पठाएर रेमिट्यान्स खाने सघिंयता चाहिदैन, तर यही स्थितीमा प्रदेश संरचना अघी बढिरहँदा बिगतका प्रदेशसभा सदस्यहरुको निकै मेहेनत र सघंर्षबाट गोदावरीमा राजधानी तोकेको थियो, त्यसै अनुरुप अगाडी बढाउन म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।
गेदावरी भौगोलिक तथा सांस्कृतिक हिसाबलेपनि राजधानीका लागी उपर्युक्त ठाउँ हो उनले भनिन् “धनगढी अन्तराष्ट्रिय सिमाका हिसाबलेपनि अशुरक्षित छ, सबै हिसाबले उपर्युक्त ठाउँ गोदावरीनै भएकाले जनताको माग अनुसार गोदावरीमै राजधानी निर्माण कार्य अघी बढोस ।”
प्रदेशसभा सदस्य बिष्टले गोदावरी राजधानी कुनै मुद्धाले नरोकिएको दावी गरिन् । प्रदेशसभाको निर्णयलाई ठुला दलले कार्यान्वयन गर्ने आँट गरे भोलीनै राजधानी निर्माण शुरु गर्न सकिन्छ उनले भनिन् “यो कसैको चुनावी एजेण्डा र कुर्सी बचाउन राजधानीका नारा लगाइन्छ, एदी यो राजधानी साँच्चिकै सार्ने हो भने गोदावरीका जनता सडकमा आउने छन्, बेलैमा सरकार सही मार्गमा लागोस ।”


