धनगढी । असार ३१ गते मंगलबारका दिन सुदूरपश्चिम विश्वविद्यालयको १३ औं सभाको बैठक सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका कुलपति के।पी। शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका सहकुलपति रघुजी पन्त, राष्ट्रिय योजना आयोगका सदस्य गिता कुमारी पौड्याल अधिकारी उपस्थित रहनुभएको थियो ।
त्यसैगरी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा। डा। देवराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डा। दिपक अर्याल, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा। डा। अच्युत वाग्ले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौड्याल, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय लगायत विश्वविद्यालयका सभासदज्यूहरू तथा आमन्त्रित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।
विश्वविद्यालयको १३ औँ सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम उपकुलपति प्रा। डा। हेमराज पन्तले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी रजिष्ट्रार प्रा। डा। विनोद लेखकले सभाको संचालन गर्नु भएको थियो । बैठकमा विशेष गरी तिन वटा प्रस्तावहरु पेश गरिएका थिए जसमा आर्थिक वर्ष २०८२र०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम स्वीकृति सम्बन्धि प्रस्ताव, आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षण प्रतिवेदनको जानकारी सम्बन्धी प्रस्ताव र आ। व। २०८१र०८२ को संशोधित आय व्यय सम्बन्धि प्रस्ताव पेश गरिएको थियो भने सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु संशोधन सहित सर्वसम्मतिले पारित भएका थिए ।
विश्वविद्यालयको १३ औं सभाको बैठकमा सम्माननीय प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपित केपि शर्मा ओलीज्यूले आफ्नो मन्तव्य सहित सभा समापन गर्नु भएको थियो ।


