धनगढी: कैलाली जिल्ला कारागार भित्र लफडा भएको छ । कारागारभित्र कुटाकुट भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बाल नरसिंह राणा पुगेका थिए । उनले कारागार भित्रका कैदी तथा थुनुवाहरूसँग सोधपुछ गरेका थिए । जिल्ला कारागार भित्र झगडा गर्ने व्यक्ति र कारण खुलेको छैन। तर, एक जनाको नाँकमा चोट लागेको स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिहंले कारागार भित्र सामान्य झगडा भएको बताए । अहिले झगडा शान्त भइसकेको उनले बताए ।
जिल्ला कारागार, कैलालीमा पटक–पटक लफडा हुने गरेको छ। कैदीहरू नै फरक–फरक समूहमा विभाजन भएर कुटाकुटको स्थिति सृजना हुने गरेको छ। प्रहरीले नै थुनामा रहेका कैदीलाई कुटेर मार्न लगाएको आरोपसमते लाग्ने गरेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का हरि सिंह पालीको कारागारमा कुटेर हत्यार गरिएको भन्दै कैलाली प्रहरीमा जाहेरी दर्ता भएको छ।


