काठमाडौँ — बैतडीको नाचन्थलीमा पहिरो खस्दा बैतडी र बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकमाथिबाट पहिरो खस्दा शनिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध रहेको छ । राजमार्ग अवरुद्ध हुदा अहिले सवारी साधन बीचबाटोमै रोकिएको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए ।
अहिले सडक डिभिजन कार्यालय पाटन बैतडीको डोजरले पहिरो पन्छाइरहेको प्रहरीले जनाएको छ ।


