धनगढी: गोदावरी नगरपालिका–१ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीका कारण टापुमा फसेका कञ्चनपुरको झलारीका ६ जनाको सकुशल उद्धार गरिएको छ। बुधवार श्राद्ध गर्न गएका ती नागरिकहरू काठेपुल नजिक नदीको बिच भागमा फसेका थिए।
जिल्ला विपत् व्यवस्थापन को टीम, प्रमुख जिल्ला अधिकारी, गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा गएको उद्धार टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा उनीहरूलाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले जानकारी दिए।


