धनगढी । कैलालीमा मोटरसाईकल एकआपसमा ठोक्किदा भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । गोदावरी नगरपालिका–५ को सुदूर फुड नजिकै सुपप्र०१००१०प९०९८ र से २ प ९८८१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । सुपप्र०१००१०प९०९८ नम्बरको मोटरसाईकलले सडक क्रस गर्ने क्रममा भएको दुर्घटनामा सोही मोटरसाईकलका चालक धनगढी उपमहानगरपालिका–१३ श्रीलंका बस्ने २५ वर्षीय चिरञ्जीवी नाथ गम्भीर घाइते भएका छन् ।
उनको टाउकोमा गम्भीर चोट लागेर बेहोस् अवस्थामा अस्पताल पुगाइएको छ भने अर्को मोटरसाइकल पछाडि सवार गेटाका ६५ वर्षीय मनप्रसाद चौधरीको बाया खुट्टा चोट लागेको छ । दुवै जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


